RE
Global College

तेह्रथुम पावरले हकप्रद शेयरका लागि तय गर्यो बुक क्लोज मिति

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि जेठ ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

यस कम्पनीले १ कित्ता साधारण शेयर बराबर १ कित्ता हकप्रद शेयरको अनुपातमा प्रतिकित्ता अंकित मूल्य १ सय रुपैयाँका दरले ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ।

यसका लागि कम्पनीले जेठ ५ गते बुक क्लोज गर्ने भएसँगै जेठ ४ गतेसम्म नेप्सेमा कम्पनीको साधारण शेयर खरीद गर्नेले मात्रै हकप्रद शेयरमा आवेदन दिन पाउने छन्। कम्पनीले हाल हकप्रद शेयर निष्कासनको मिति भने तय गरिसकेको छैन।

कम्पनीले हाल काय चुक्तापुँजी ४० करोडको आधारमा सोहि रकम बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद शेयर निष्कासनका लागि वैशाख १९ गते अनुमति प्रदान गरेको थियो । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँट पछि कम्पनीको चुक्ता पुँजी ८० करोड कायम हुनेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

NECO

Leave Your Comment

Related News