शार्क ट्याङ्क नेपालको पहिलो सिजनको “पावर्ड बाइ” प्रायोजक टीभीएस अपाचे

काठमाडौं । विश्वभर चर्चित अमेरिकी रियालिटी शोको नेपाली संस्करण शार्क ट्याङ्क नेपाल अब हिमालय टेलिभिजनमार्फत २०२५ जुलाई २ बाट प्रसारण भएको छ  । निकै प्रतीक्षित यो व्यावसायिक रियालिटी शोले नेपाली उद्यमीहरूलाई देशका सफल व्यावसायिक हस्तीहरू समक्ष आफ्ना आइडियाहरू प्रस्तुत गर्ने प्लेटफर्म प्रदान गर्नेछ, जहाँ उनीहरूले मार्गदर्शन, मेन्टरशिप र जीवन परिवर्तन गर्ने लगानी पाउन सक्नेछन्।

शार्क ट्याङ्क नेपालको प्रमुख प्रस्तुतिकर्ता ब्रान्डको रूपमा टीभीएस अपाचे आरटीआर १६० एसई रहेको छ  यो सहकार्यले नेपाली युवा उद्यमीहरू र नयाँ व्यवसायहरूलाई सम्भावनाको ढोका खोल्ने विश्वास कम्पनीले गरेको छ  ।

शोको पहिलो सिजनमा नेपालका पाँच जना ख्यातिप्राप्त उद्यमी तथा उद्योगपति निर्णायकको रूपमा सहभागी हुनेछन्, आईएमई समूहका सह-संस्थापक तथा प्रबन्ध निर्देशक, हेमराज ढकाल, अग्नि समूहका प्रबन्ध निर्देशक, क्याबिनेट श्रेष्ठ, ज्योति समूहका निर्देशक, सौरभ ज्योति, भोईथ समूहकी प्रबन्ध निर्देशक, ऋतु सिंह वैद्य, र नाइम्बस समूहका प्रबन्ध निर्देशक, आनन्द बगरिया। यी पाँच व्यावसायिक व्यक्तित्वको अनुभव र दृष्टिकोणले देशभर नयाँ उद्यमशीलता चेतना जगाउने अपेक्षा गरिएको छ।

टीभीएस अपाचे आरटीआर १६० एसईले आफ्नो सेग्मेन्टमा पहिलो पटक मल्टिपल राइड मोड्सको सुविधा ल्याएको छ, जसले चालकलाई शहरको सहजता देखि अप्ठ्यारो मौसम जस्ता भिन्न परिस्थिति अनुसार अनुकूल बन्न सहयोग पुर्‍याउँने कम्पनीको दाबी रहेको छ । नयाँ युगको चालकहरु जस्तै टर्न-बाइ-टर्न नेभिगेसन, कल अलर्ट, फ्यूल डाटा, र अटो क्यान्सल इन्डिकेटर जस्ता फिचर रहेको ब्लुटुट SmartXonnect क्लस्टरको साथ फोनको प्रयोग नै गर्न नपरी यो स्कुटर जहिले पनि कनेक्तेड रहन्छ ।

१६० सिसीको फोर-भाल्भ, अइल-कुल्ड इन्जिनमा रेस डेराइभ्ड O3C टेक्नोलोजी जडान गरिएको यस बाइकले चञ्चल पिकअप र स्पोर्टी परफरमेन्स दिन्छ। शहरको ट्राफिक होस् वा लामो दूरीको यात्रा, यस बाइकले शक्ति, शैली र अद्वितीय अनुभवमा अरूलाई पछि पार्छ।

जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टीभीएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक, दस वर्षभन्दा लामो समयदेखि दुई पाङ्ग्रे सवारी साधन बजारमा सक्रिय रहँदै आएको छ। देशभर ११० डिलर र २८९ सर्भिस प्वाइन्ट (CSP) भएको यो कम्पनी विश्वसनीयता र सेवा गुणस्तरमा अग्रस्थानमा छ।

शार्क ट्याङ्क नेपालले नेपाली उद्यमशीलताको सपना साकार पार्न लागिपरेको यो यात्रा, टीभीएस अपाचे र जगदम्बा मोटर्सको साथमा नवीन सोच, गति र ठूलो लक्ष्य प्राप्त गर्ने प्रेरणाको प्रतीक बनेर अगाडि बढिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार