काठमाडौं । “कमाइको राजा” भनेर परिचित टीएम१ले नेपालभरिका विभिन्न साना तथा मझौला व्यवसायहरूमा १०० भन्दा बढी युनिटहरू सफलतापूर्वक सञ्चालनमा ल्याएर एक महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। नेपाली व्यवसायीहरूबीच टीएम१ को बढ्दो लोकप्रियता र विश्वास झल्काउने यस विशेष उपलब्धिलाई केक काट्ने कार्यक्रममार्फत उल्लासपूर्वक मनाइएको छ।
यस अवसरमा एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक विवेक सिकरिया, एमएडब्लू वृद्धि कमर्सियलका सीइओ तुषार गुप्ता, सेल्स हेड नविन आचार्य, मार्केटिङ प्रमुख प्रकाश सुवेदी लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
टीएम१ आजको दिनमा नेपालमा केही अर्थपूर्ण काम गर्ने र आफ्नै व्यवसायिक यात्रा सुरु गर्ने चाहना राख्नेहरूका लागि पहिलो रोजाइको सवारी बनेको छ। चाहे ताजा तरकारी बजारमा पुर्याउन होस् वा पानी, दूध, ग्यास सिलिन्डर जस्ता दैनिक उपभोग्य सामान वितरण गर्न होस्, टीएम१को भरपर्दो प्रदर्शन, उच्च दक्षता र नेपाली आवश्यकता अनुसारको डिजाइनमार्फत आफूलाई एक सक्षम व्यवसायिक सवारीको रूपमा प्रमाणित गरेको छ। व्यवसायीलाई आफ्ना आवश्यकता अनुसार छनोट गर्न सहज बनाउने गरी टीएम१ दुई फरक साइजका लोडिङ डेक (८ फिट र १० फिट) मा उपलब्ध छ। विश्वकै नम्बर १ CATL ब्याट्रीबाट सञ्चालित यस इलेक्ट्रिक सवारीले २८० किमी NEDC रेन्ज प्रदान गर्छ, जसले गर्दा यो शहरी डेलिभरीका लागि विशेष उपयुक्त मानिन्छ। एमएडब्लू वृद्धिको भरपर्दो सर्भिसका कारण TM1 ले कम मर्मत खर्चमै अत्यधिक फाइदा दिने सवारीको रूपमा निरन्तर आफूलाई प्रमाणित गरिरहेको छ।
टीएम१ नेपालभरि साना तथा मध्यम व्यवसायहरूलाई सशक्त बनाउँदै अघि बढिरहेको छ ।