CLI
Global College

निरन्तर दुई दिन घटेपछि बढ्यो शेयर बजार, नेप्से सँगै बढ्यो कारोबार

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार बढेको छ । सोमबार र मंगलबार घटेको शेयर बजार बुधबार दोहोरो अंकले बढेको हो ।

बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २२.०४ अंकले बढेर २७०५.९० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.७६ अंकले बढेर ४६४.४७ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स १.७६ र सेन्सेटिभ फोल्ट इन्डेक्स १.८१ अंकले बढेको हो ।

बुधबार ३१६ वटा कम्पनीको १ करोड ५८ लाख २२ हजार ९७० कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार पुगेको छ । जुन मंगलबारको तुलनामा कारोबार रकम ८७ करोड ७७ लाख ११ हजारले बढी हो । मंगलबार ३०४ वटा कम्पनीको १ करोड ५० लाख २७ हजार ३७२ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार पुगेको थियो ।

यसदिन बजार पुँजीकरण रकम ४५ खर्ब ८ अर्ब ४२ करोड ८२ लाख पुगेको छ । मंगलबार भने बजार पुँजीकरण रकम ४४ खर्ब ७१ अर्ब ७० करोड ५७ लाख पुगेको थियो ।

यसदिन १९९ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा ४९ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन ११ वटा उपसमूह बढ्दा १ वटा उप समूह घटेको छ । बैंकिङ २३, विकास बैंक १९, होटल र पर्यटन २०, जलविद्युत १९, लगानी १.५३, जीवन बीमा ३३, उत्पादन र प्रशोधन ६८,लघुवित्त ४१, निर्जीवन बीमा ३१ , व्यापार १४ र अन्य समूह ७.२१ अंकले बढ्दा वित्त ९.४९ अंकले घटेको हो । म्युअुचल फण्ड भने स्थिर रहेको छ ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा राधी विद्युत कम्पनी ,बुटवल पावर कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेड, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल रिइन्स्योरेन्स कम्पनी रह्यो । राधी विद्युत कम्पनीको ४६ करोड ७१ लाख ,बुटवल पावर कम्पनीको ३६ करोड ६७ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेडको ३५ करोड १८ लाख, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ३१ करोड ८५ लाख र नेपाल रिइन्स्योरेन्स कम्पनीको २८ करोड ४१ लाख बराबर कारोबार भयो ।

Leave Your Comment

Related News