RE
Global College

नेप्से सूचक २२.५८ अकंले घट्यो

काठमाडौं । बुधबार नेप्स परिसूचक २२.५८ अकंले घटेर २५०५.५८ विन्दुमा पुगेर बन्द भएको छ। यसदिन २०६ वटा कम्पानीको ७६ लाख ११ हजार कित्ता सेयर खरिदबिक्रि भएको छ । त्यस्तै, ३ अर्ब १० करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन १२ वटा समूह घटेका छन् र एउटा समूह भने बढेको छ। वाणिज्य बैंक ०.५४ प्रतिशत,विकास बैंक १.१४, वित्त १.१०, होटल पर्यटन १.६, जलविद्युत १.८, लगानी ०.९८ जीवन बिमा ०.७५ , उत्पादन र प्रशोधन ०.३९, लघुवित्त ०.५६, निर्जीवन बीमा०.६५, अन्य समूह १.२२ प्रतिशतले घटेको छ। म्युचल फण्ड ०.२४ प्रतिशतले बढेको छ।

यसदिन सबैभन्दा धेरै भाउ बढने कम्पनीमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड,एन. आई.सी. एशिया ब्यालेन्स्ड फण्ड, क्रेष्ट माइक्रो लाईफ इन्स्योरेन्स, मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ रहेका छन् ।

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड ७ प्रतिशत, एन. आई.सी. एशिया ब्यालेन्स्ड फण्ड ५.२३, क्रेष्ट माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेड ४, मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड ३.१३ र ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१को ३.६ प्रतिशतले बढेको छ ।

NECO

Leave Your Comment

Related News