RE
Global College

बीपी राजमार्ग सञ्चालनमा

काठमाडौं । बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध  बीपी राजमार्ग सञ्चालनमा आएको छ ।

बीपी राजमार्गअन्तर्गत काभ्रेको चौकीडाँडा नेपालथोक सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा लेदो हटाएपछि बीपी राजमार्गमा गाडी चल्न थालेका हुन्।

पहिरो हटाइएको र लेदो बगेको स्थानमा ‘डाइभर्सन’ बनाएर आज बिहानदेखि राजमार्ग सञ्चालनमा ल्याइएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख डिभिजनल सिनियर इञ्जिनियर सुमन योगेशले जानकारी दिए।

अविरल वर्षापछि काभ्रेपलान्चोक जिल्लाको बोक्सिकुना, विरुवाडाँडा, नमोवुद्ध नगरपालिका–६ चौकिडाँडा रोशी गाउँपालिका–७,९,११ र नार्केस्थित विभिन्न स्थानहरूमा शुक्रबार गएको पहिरोका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । हाल मर्मतपछि सञ्चालनमा आएको छ ।

NECO

Leave Your Comment

Related News