RE
Global College

माओवादी केन्द्र फुट्यो, जनार्दनले नयाँ पार्टीको गरे घोषणा

काठमाडौं । माओवादी केन्द्रका नेता जनार्दन शर्माले नयाँ पार्टी घोषणा गरे सँगै माओवादी केन्द्र फुटेकोछ ।

उनले जेनजी आन्दोलनले उठाएको माग र भावना विपरीत भएकाले आफूहरू एकता प्रक्रियामा सहभागी हुन नसकेको बताएका छन्।

नेकपा एससहित साना दलसँगको एकता प्रक्रियाप्रति असहमति जनाउँदै पार्टी छाडेर हिँडेका शर्माले पत्रकार सम्मेलन गरेर एकताको नाममा घृणा फैलाउने काम भइरहेको आरोप लगाए।

उनले नयाँ राजनीतिक अवधारणासहित प्रगतिशील अभियान, नेपाल नामक राजनीतिक अभियानको घोषणा गरे। उनले भने, ‘हाम्रो कमजोरीलाई स्वीकार गर्दै नयाँ अभियानका साथ हामी अघि बढ्छौँ।’

 

उनले विखण्डित वाम र प्रगतिशील शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा अघि बढाउने वैचारिक र राजनीतिक प्रयास थालेको बताए।

NECO

Leave Your Comment

Related News