काठमाडौं । मंगलबार नेपाली बजारम सुनको मूल्य ४ हजार ९ सयले बढेको छ ।नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँ रहेको थियो ।
त्यसैगरी, यसदिन चाँदिको मूल्य प्रतितोला १ सय ५ रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ३ हजार १ सय ७० रुपैयाँमा खरिदबिक्र भइरहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार ६५ रुपैयाँ थियो ।


