RE
Global College

ड्राइभिङ लाइसेन्स सम्बन्धी सेवा फेरि अनिश्चितकालका लागि बन्द

काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सम्बन्धी सेवा फेरि अनिश्चितकालका लागि बन्द भएको छ ।

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै डाटा सेन्टरमा समस्या आएकाले इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स (ईडीएल) तथा नयाँ आवेदन दिने प्रणाली (applynew.dotm.gov.np) अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द भएको जानकारी गराएको हो ।

यससँगै देशभरका यातायात कार्यालयहरूबाट लाइसेन्स नवीकरण, नयाँ आवेदन लगायत काम रोकिएको छ ।

NECO

Leave Your Comment

Related News