CLI
Global College

द्वन्द्व व्यवस्थापनमा विश्वले नेपालबाट सिक्न सक्छः पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन अनन्तले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय र मौलिक रहेको बताएका छन् । विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरिएको दिन (५ मंसिर, २०६३) को सन्दर्भ पारेर त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायद्वारा शुक्रबार राजधानीमा आयोजित अन्र्तक्रियामा वक्ता रहेका पुनले नेपालको शान्ति प्रक्रियाको अनुभव विश्वभर द्वन्द्व व्यवस्थापनका लागि काम लाग्ने बताए ।

द्वन्द्को प्रमुख कारण वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक र सांस्कृतिक विभेद रहेको चर्चा गर्दै उनले संविधानमार्फत ती विभेद अन्त्यको प्रयास गरिएको पुनले उल्लेख गरे ।

‘नेपालमा द्वन्द्को कारण पनि मौलिक छन् र हामीले समाधान पनि मौलिक ढंगले नै खोज्ने कोसिस गरेका छौं । यतिसम्मकी द्वन्द्वरत पक्षको पात्रहरु फेरिएसँगै द्वन्द्वमा आमनेसामने भएका शक्तिहरुबीच समेत त्यतिबेलाको संस्थापन पक्षसँग लड्न मिल्नुपर्ने अवस्था आयो’, पनुले भने, ‘द्वन्दव समाधानका लागि अन्तर्राष्ट्रिय एजेन्सीको पनि सहयोग लियौं । तर, मुलतः हामीले आफ्नै मौलिकतामा यसलाई अगाडि बढायौं । हाम्रो मौलिक अनुभव अहिले विश्वको द्वन्द्व व्यवस्थापनका लागि काम लागिरहेको छ ।’

उनले तत्कालीन नेकपा माओवादीको एजेण्डाअनुसार राज्य पुनसंरचनामार्फत पछि पारिएका वर्ग, क्षेत्र र सीमान्तकृत समुदायलाई रायको मुल प्रवाहमा समावेश गरिएको बताए ।

‘हिजो दलितमाथि खुलेआम विभेद र छुवाछुत थियो । आज दण्डनीय मात्र होइन, राज्यको निकायमा त्यो समुदायको उपस्थिति ग्यारेण्टी गरिएको छ । निजामति सेवामा २७ प्रतिशतभन्दा बढी महिलाको उपस्थिति छ । २५ प्रतिशत महिला सम्पत्तिका मालिक भएका छन्’, पुनले भने, ‘काठमाण्डौंमा मात्र सीमित हुने राज्यको श्रोत संघीयतामार्फत मधेस, कर्णाली र सुदूरपश्चिमजस्ता पछि परेका क्षेत्रमा सीधै पुगेको छ । हाम्रो प्रस्तावमा सबै राजनीतिक शक्तिबीचको सहमतिमा मात्र होइन, आमजनताले संविधानसभामार्फत संविधान निर्माण गरेर यी कुराहरुको सुनिश्चितता गरिएको छ । पछि पारिएका समुदाय र क्षेत्र राज्यको मुलप्रवाहीकरणमा समावेश भएका छन् ।’

पुनले राज्य पुनसंरचनापछि काठमाण्डौं केन्द्रित असन्तुलित विकास र श्रोतको वितरण प्रक्रिया न्यायोचित भएको तर्क गरे । फरक प्रसंगमा पुनले पछिल्लो समय विश्व राजनीतिक रंगमञ्चमा द्वन्द्का रुप, कारण तथा प्रभावहरुमा महत्वपूर्ण बदलाव आएको र नेपालमा पछि त्यसको बाछिटा देखिएको टिप्पणी गरे ।

Leave Your Comment

Related News