RE
Global College

दुर्गा प्रसाईं नेतृत्वको अभियानले घोषणा गरेको अनिश्चितकालीन नेपाल बन्द लगायत संघर्षका कार्यक्रम स्थगित

काठमाडौं । दुर्गा प्रसाई नेतृत्वको राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महाभियान नेपालले घोषणा गरेको बिरोध र संघर्षका कार्यक्रम स्थगित गरेको छ । सरकार र राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महाभियान नेपालका प्रतिनिधिबीच २०८२ मंसिर ६ गते शनिबार बालुवाटारमा भएको बार्ता पश्तात  सो संगठनले आज देखी घोषणा गरेका घोषणा गरेको नेपाल बन्द, अनिश्चितकालीन आम हड्तालका  लगायत संघर्षका कार्यक्रम स्थगित गरेको हो ।

प्रधानमन्त्री शुसीला कार्कीको सचिवालयले दिएको जानकारी अनुसार वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरुका सन्दर्भमा विस्तृत छलफल भएको छ। छलफलका क्रममा वर्तमान शान्ति सुरक्षाको अवस्थासमेतलाई ध्यानमा राखी नागरिक बचाउ महाभियानले उठाएका मुद्दाहरुको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति भएको हो  ।

वार्तामा महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बु नेतृत्वको टोली सहभागी थियो। साथमा अधिवक्ताद्वय विनोदमणि भट्टराई, लवण न्यौपाने र डा निराजन प्रसाई सहभागी थिए । सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सिना लगायत सहभागी रहेका थिए।

अर्को चरणको वार्ता महाभियानको नेतृत्वसहित यथाशीघ्र गर्ने समझदारी भएको प्रधामन्त्रीको सचिवालयले जनाएको छ  ।

NECO

Leave Your Comment

Related News