RE
Global College

प्रधानमन्त्रीसँग लिखित जवाफ माग्ने सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

राजदूत फिर्ताको निर्णयमा अदालतको अवहेलना भएको भन्दै अधिवक्ता डा. प्रेमराज सिलवालले सर्वोच्चमा रिट निवेदन पेश गरेका थिए।

सोही निवेदनको सुनुवाइपछि न्यायाधीशहरू हरि फूयाल र अब्दुल अजिज मुसलमानको इजलासले आज लिखित जवाफ माग्ने आदेश गरेको हो।

सरकारले राजदूत फिर्ता गर्ने निर्णय गरेपछि सर्वोच्चले त्यसलाई रोक्ने आदेश गरेको थियो।

त्यसपछि सरकारले परराष्ट्र मन्त्रालयमा आएर काम गर्न भनेपछि अदालतको अवहेलनामा मुद्दा परेको थियो।

NECO

Leave Your Comment

Related News