CLI
Global College

युरोपेली सङ्घको युक्रेन शान्ति योजनालाई रूसद्वारा अस्वीकार

मस्को । युक्रेनमा व्याप्त युद्ध सङ्कट समाधानका लागि तयार पारिएको युरोपेली शान्ति योजनाबारे रूस सचेत रहेको जनाउँदै यसका प्रावधानहरू “असंवैधानिक“ रहेको रूसी राष्ट्रपतिका सहयोगी युरी उसाकोभले बताए ।

शान्ति योजनाका बारेमा धेरै अनुमान तथा प्रयासहरु भएता पनि रूसले संयुक्त राज्य अमेरिकाबाट सिधै प्राप्त शान्ति योजना र जानकारीलाई मात्र विश्वास गर्ने उनले बताए । यसै क्रममा अलास्कामा छलफल गरिएका योजनाका अधिकाशं प्रावधानहरू मस्कोका लागि स्वीकार्य रहेको उशाकोभले जनाए।

रूसी मिडियाका अनुसार, “युरोपेली योजना“ ले संयुक्त राज्य अमेरिकाले प्रस्ताव गरेको २८–बुदे शान्ति योजनामा धेरै संशोधन प्रस्तावहरु छन् । जसमा युक्रेनी सशस्त्र सेना वा रक्षा उद्योगको आकारमा कुनै प्रतिबन्ध नलगाउनु भनी उल्लेख गरिएको छ । यद्यपि अमेरिकी प्रस्तावमा युक्रेनी सशस्त्र सेनाको आकार सानो बनाई छ लाखमा सिमित गर्नु पर्ने सर्त रहेको जनाइएको छ ।

आइतबार जेनेभामा आयोजित संयुक्त राज्य अमेरिका, युक्रेन र युरोपेली सङ्घ (इयु) का प्रतिनिधिहरू बीचको परामर्श पछि प्रारम्भिक मस्यौदा योजना २८ बुँदाबाट घटेर १९ बुँदामा झरेको मिडिया रिपोर्टहरूले जनाएका छन् । उसाकोभले शान्ति योजनाको विवरणबारे छलफल गर्न अमेरिकाले चाँडै रूससँग सम्पर्क गर्ने पनि बताउनु भएको छ । यद्यपि विशेष व्यवस्था भने अझै निर्धारण हुन सकेको छैन ।

Leave Your Comment

Related News