RE
Global College

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई निगमको जहाजमा १० प्रतिशत छुट

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौंबाट रोजगारीका लागि दमाम, दोहा, दुवई तथा क्वालालाम्पुर गन्तव्यतर्फ जाने नेपाली श्रमिक यात्रुहरूका लागि विशेष छुटसहित नयाँ भाडादर योजना लागू गरेको छ।

निगमले शुक्रबार सूचना प्रकाशित गरी श्रमिक यात्रुहरूको सर्वसुलभताका लागि नेपालबाट तोकिएको गन्तव्यमा यात्रा गर्दा प्रत्येक उडानमा दशवटा सिटमा साविकको भाडामा १० प्रतिशत विशेष सहुलियत दिने निर्णय गरेको जनाएको छ।

यस्तो भाडादर श्रम मुलुकमा यात्रा गर्ने यात्रुले आवश्यक कागजातसहित निगमको नेपालस्थित कार्यालयहरूका टिकट काउन्टरबाट सेवा लिन सक्नेछन्।

यसबाट श्रम मुलुकमा यात्रा गर्ने यात्रुलाई विशेष सुविधा, सहयोग तथा सहुलियत हुने विश्वास निगमले लिएको छ।

अन्य थप जानकारीका लागि निगमको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न निगमले आग्रह गरेको छ।

NECO

Leave Your Comment

Related News