RE
Global College

क्रिप्टो मुद्राको कारोबारमा संलग्न दुई जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रु ७४ लाख ५२ हजार अभौतिक मुद्रा (क्रिप्टो मुद्रा) को कारोबारमा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१४ का ३६ वर्षीय विशाल डङ्गोल तथा मोरङको मिक्लाजुङ गाउँपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने ४५ वर्षीय उमेश श्रेष्ठ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

उनका अनुसार शनिबार काठमाडौँ महानगरपालिका–१० बिजुली बजारस्थित केही व्यक्तिले क्रिप्टो मुद्राको कारोबार गरिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुका साथबाट क्रिप्टो मुद्राको कारोबार गर्न प्रयोग भएको विभिन्न कम्पनीका मोबाइल फोन पाँच थान बरामद गरेको छ । पक्राउ परेकाहरुले क्रिप्टो मुद्रा कारोबार गरेको देखिएकाले निजहरु उपर अभौतिक मुद्राको प्रयोग गर्न नहुनेसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।

NECO

Leave Your Comment

Related News