RE
Global College

सुर्खेत र जाजरकोटका ३ निर्माण ठेक्का रद्द

काठमाडौं । संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, सुर्खेतले लामो समयदेखि अधूरै रहेका ३ निर्माण योजनाका ठेक्का रद्द गरेको छ। तोकिएको समयसिमा भित्र काम सम्पन्न नगर्ने, पटक–पटक म्याद थप्दा पनि निर्माण व्यवसायीबाट कामप्रति चासो नदेखिएको र निर्माण स्थलमै वर्षौँसम्म अनुपस्थित रहेको कारण ठेक्का अन्त्य गरी आर्थिक फरफारक प्रक्रियामा प्रवेश गरिएको हो।

कार्यालयका अनुसार प्रसूति कक्ष निर्माण कार्य, गुटु हे.पो. भवन निर्माण तथा मजकोटको  स्वास्थ्य चौकी भवन  निर्माण कार्य क्रमशः १४–१५ वर्षदेखि अनिर्मित अवस्थामा रहेका छन् । लिखित–मौखिक ताकेता, स्थानीय जनप्रतिनिधि तथा आम नागरिकको आग्रह, र कार्यालयबाट जारी गरिएका सूचनाहरू सबै बेवास्ता गर्दै व्यवसायीले आवश्यक स्रोत, निर्माण सामग्री वा श्रमिक परिचालनसमेत नगरेकाले योजनाहरू अलपत्र बनेका हुन्।

NECO

Leave Your Comment

Related News