RE
Global College

सिद्धार्थ बैंकको कामु सीईओमा बस्याल

काठमाडौं । सिद्धार्थ बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा रामेश्वर प्रसाद बस्याललाई तोकेको छ ।

बैंकका सीईओ रहेका सुन्दर प्रसाद कँडेलको ४ वर्षे कार्यकाल मंसिर २६ गतेबाट समाप्त हुँदैछ। सीईओको पदावधि सकिन लागेकाले बैंकको मंसिर १६ गत बसेको सञ्चालक समितिको बैठकले हाल बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बस्याललाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

उनलाई मंसिर २७ गतेदेखि लागू हुने गरी कामु सीईओ पदमा नियुक्त गरिएको कम्पनी सचिव लक्ष्मण घिमिरेले जानकारी दिएका छन्।

NECO

Leave Your Comment

Related News