RE
Global College

गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पक्राउ

काठमाडौं । गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पक्राउ परेका छन्।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको सम्बन्धमा अनुसन्धान गर्दै आएको प्रहरीले सोही अनुसन्धानको सिलसिलामा शाक्यलाई नियन्त्रणमा लिएको हो। यसअघि बैंकका सीईओ शेरचनसहित ३ जनालाई पक्राउ गरिएको थियो।

प्रभु म्यानेजमेन्ट प्रालिका संस्थापक देवीप्रकाश भट्ट र सञ्चालक कुसुम लामासहित अन्य तीन जनाविरुद्ध रेमिट्यान्स कारोबार र धरौटी रकम भुक्तान नगरी देशभरका विभिन्न सहकारीलाई ठगी गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा हालै मुद्दा दर्ता भएको थियो।

गुण समूहले रियल स्टेट, हाउजिङ, सिनेमाघर, मोटर पार्टस र व्यवसायिक भवनहरुमा लगानी गर्दै आएको समूहको वेबसाइटमा उल्लेख छ।

NECO

Leave Your Comment

Related News