RE
Global College

एमाले अध्यक्ष ओलीले सम्पादकहरुसँग संवाद गर्दै

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार देशका प्रमुख सञ्चारमाध्यमका सम्पादकसँग साक्षात्कार गर्ने भएका छन् । प्रेस चौतारी नेपालले आयोजना गरेको उक्त कार्यक्रम दिउँसो १ बजे काठमाडौंमा हुने तय गरिएको छ।

शनिबारेदेखि सुरु हुने एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै आयोजना गरिएको यो भेटमा अध्यक्ष ओलीले आफ्नो आगामी कार्ययोजना, नेतृत्वबारेको धारणा र आगामी राजनीतिक रणनीतिबारे सम्पादकहरूसमक्ष खुलस्त राख्ने तयारी गरेका छन्  ।

पुनः अर्को कार्यकालका लागि अध्यक्ष बन्ने तयारीमा रहेका ओलीले महाधिवेशनको दिशा, संगठन सुदृढीकरण तथा राष्ट्रिय राजनीतिमा एमालेको भूमिकाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह मंसिर २७ गते भक्तपुरको तीनकुने मैदानमा हुने छ। त्यसपछि हुने बन्दसत्र भने काठमाडौंको भृकुटिमण्डपमा सञ्चालन हुनेछ। महाधिवेशनमा आगामी पाँच वर्षका लागि नेतृत्व चयन गर्ने छ ।

NECO

Leave Your Comment

Related News