CLI
Global College

सामान्य अंकले घट्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार  नेप्से परिसूचक १.६६ अंकले घटेको छ । बजार २६०७.३७ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३२६ वटा कम्पनी ६९ हजार पटक कारोबार हुँदा ७७ लाख ६८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । त्यस्तै,कारोबार रकम ३ अर्ब ४९ करोड ७९ लाख रुपैयाँ पुगेको छ । यो रकम बुधबारको तुलनामा २७ करोड ८ लाखले कम  छ । बुधबार कारोबार रकम ३ अर्ब ७३ कारोड ८७ लाख रुपैयाँ थियो ।

बिहीबार ५ वटा उप समुह बढेका छन् भने ८ वटा घटेका छन् ।बैंकिङ ०.१५ प्रतिशत, जीवन बीमा ०.१८, उत्पादन र प्रशोधन ०.९२, लघुवित्त ०.०९ र व्यापार समूह ०.०७ प्रतिशत बढेका छन् ।विकास बैंक ०.१९ प्रतिशत वित्त ०.६५, होटल्स तथा पर्यटन समूह ०.५४, जलविद्युत ०.३६, लगानी ०.२९, म्युअुचल फण्ड ०.३८, निर्जीवन बीमा ०.१६   र अन्य समूह ०.६३ प्रतिशर घटेका छन् ।

यसदिन स्वस्तिक लघुवित्त  र एसवाई प्यानल नेपालको सेयर १० प्रतिशतले बढेका छन् । एसबिएल डिबेञ्चर ६.४ र श्रीनगर एग्रीटेक इन्डष्ट्रीज ६  प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १८ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको १२ करोड ३५ लाख रुपैयाँको सेयर खरिदबिक्रि भएको छ भने सागर डिष्टिलरीको कारोबार रकम साढे ९ करोड रुपैयाँ नाघेको छ।

Leave Your Comment

Related News