काठमाडौं । नागढुङ्गा-मलेखु सडकखण्ड आज र भोलि (शुक्रबार र शनिबार) का लागि खुला गरिएको छ । दैनिक ५ घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको यो सडक एमाले महाधिवेशनको उद्घाटन सत्रमा सगभागी हुन आउने सहभागिलाई सहज गराउन खुला गरिएको हो ।
नागढुङ्गा-मुग्लिन सडक आयोजनाले मंसिर २४ बाट आंशिक बन्द गरेर काम गरिरहेको छ । दुई दिनका लागि बन्द सडक बन्द नगरिने आयोजनाले जनाएको छ ।
यो सडक ,’स्तरोन्नतिलाई तीव्रता दिन धादिङ र काठमाडौंको जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मंसिर २४ गतेबाट पुस १ गतेसम्म बिहान १०:३० देखि दिउँसो ३:३० सम्म दैनिक पाँच घन्टा बन्द गरेर काम भइरहेको थियो ,
नेकपा एमालेको भातृ संगठन युवा संघको टोलीले बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई भेटेर महाधिवेशनका लागि दुई दिन सडक खुला गरिदिन आग्रह गरेको थियो । सो भेटमा कुलमानले एमाले महाधिबेशनलाइ ध्यान दिएर सारकारले निर्णय गर्ने बताएका थिए ।


