काठमाडौं । शुक्रबार नेपली बजारमा सुनको मूल्य ३ हजार ५ सय रुपेयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार सुन प्रतितोला २ लाख ५३ हजार १ सय रुपैयाँ थियो ।
त्यसैगरी चाँदी भने १ सय रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ३ हजार ९०५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहिबार चाँदी प्रतितोला ३ हजार ९०५ रुपैयाँ थियो ।


