RE
Global College

एनएमबि क्यापिटलद्वारा २ विद्यालयमा विद्यार्थीहरुका लागि लगानीकर्ता चेतना र अन्तरक्रिया कार्यक्रम

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२५ को अवसरमा वित्तीय साक्षरता पहलअन्तर्गत विद्यार्थी लक्षित लगानीकर्ता चेतना तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मिति मंसिर २९ गते एनएमबि बैंक, बट्टार शाखाको सहकार्यमा नुवाकोटको विदुरस्थित पोष्ट बहादुर बोगटी पोलिटेक्निक इन्सिटच्यूटका विद्यार्थीका लागि कार्यक्रम सञ्चालन गरिएको थियो।

त्यसैदिन काठमाडौंको टङ्गालस्थित टङ्गाल उच्च माध्यमिक विद्यालयका विद्यार्थीका लागि पनि यस्तै प्रकृतिको लगानीसम्बन्धी जनचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको एनएमबि क्यापिटलले जनाएको छ।

कार्यक्रममा कस्टुमर रिलेशनशिप, कस्टोडियन तथा डिपी प्रमुख मनिप अधिकारी, पोर्टफोलियो अफिसर राहुल खड्का र पोर्टफोलियो सहायक बिकेश बाडेले नुवाकोटको कार्यक्रम सञ्चालन गरेका थिए भने टङ्गालमा स्कीम सहायकहरू लचना शाक्य, निवेश गिरी र प्रज्वल विक्रम खड्काले कार्यक्रम सञ्चालन गरेका थिए।

कार्यक्रमका क्रममा सहभागी विद्यार्थीहरुलाई पूँजी बजारका आधारभूत पक्ष, लगानीका अवसर तथा जोखिमबारे जानकारी गराइएको थियो। साथै, सहभागीहरूले राखेका जिज्ञासाहरूको पनि उत्तर दिइएको थियो। एनएमबि क्यापिटलले यस्ता कार्यक्रममार्फत युवा पुस्तामा वित्तीय साक्षरता अभिवृद्धि गर्ने लक्ष्य राखेको जनाएको छ।

NECO

Leave Your Comment

Related News