RE
Global College

खाद्य पदार्थको स्तर निर्धारण प्रक्रिया सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलको आयोजना र नेपाल पाउरोटी उद्योग संघ, काठमाडौँको सहकार्यमा काठमाडौं स्थित बेकरी उद्योगी व्यवसायी, उद्योग वाणिज्य महासंघका पदाधिकारी लगायत विभिन्न सरोकारवालाहरूको उपस्थितिमा लाजिम्पाट स्थित नेपाली चुलो भोजनालयमा खाद्य पदार्थको स्तर निर्धारण प्रक्रिया सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपाल हार्ट फाउन्डेसनका वशिष्ठ सदस्य, स्त्री क्यान्सर रोग विशेषज्ञ, लेजर थेरापी क्लिनिक, लगनखेलका नेपालको पहिलो लेजर थेरापी विशेषज्ञ साथै नेशनल हस्पिटल एण्ड क्यान्सर सेन्टर, जावलाखेलका बोर्ड डाइरेक्टर, डा. सुशिला वैद्य ज्यूले ट्रान्स फ्याटले मानव स्वास्थ्यमा पार्ने असर सम्बन्धी जानकारीको कार्यपत्र, विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहन कृष्ण महर्जनले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ सम्बन्धी जानकारीको कार्यपत्र र विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बाल कुमारी शर्माले खाद्य पदार्थको अनिवार्य गुणस्तरको स्तर निर्धारण प्रकृया र खाद्य पदार्थमा ट्रान्स फ्याटको अनिवार्य गुणस्तर सम्बन्धी जानकारीको कार्यपत्र प्रस्तुत गरे ।

सरोकारवालाहरू सहित विभागका कर्मचारीहरू सहित कुल ९० जनाको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा विभागका महानिर्देशक ज्यूको अध्यक्षता र नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो भने विभागका उपमहानिर्देशक साथै नेपाल पाउरोटी उद्योग संघका अध्यक्ष कमल अधिकारी, नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष हेमराज ढकाल नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रलाध डाहाल, नेपाल बोतल वाटर उद्योग संघका अध्यक्ष धुर्ब गौतम लगायतको उपस्थिति रहेको थियो ।

NECO

Leave Your Comment

Related News