RE
Global College

मुक्तिनाथ कृषि कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने, नेपाल लाइफ क्यापिटल बिक्री प्रबन्धक

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले विद्यमान शेयरधनीका लागि हकप्रद शेयर निष्काशन गर्न लागेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजी ७५ करोड ६० लाख  बराबरको ७५ लाख  ६० हजार कित्ता साधारण शेयरको १:०.६९ अनुपातमा नयाँ हकप्रद शेयर जारी गर्न लागेको छ।

यस अनुसार प्रत्येक विद्यमान १ कित्ता शेयरधनीलाई ०.६९ कित्ता नयाँ शेयर पाउने अधिकार हुनेछ। हकप्रद शेयरको कुल मूल्य  ४५ करोड  ३६ लाख  हुने र प्रति शेयर अंकित दर रु. १०० निर्धारण गरिएको छ। कम्पनीले हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत रामशरण तिमल्सिना र नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले बुधबार काठमाडौंस्थित कम्पनी कार्यालयमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

मुक्तिनाथ कृषि कम्पनीले कृषक र उपभोक्ताबीच संस्थागत मूल्य श्रृंखला व्यवस्थापकको रूपमा कृषि उत्पादन, परामर्श सेवा, प्रविधि प्रसार र प्रशोधन उद्योगको विकासमा काम गर्दै आएको छ। नेपाल लाइफ क्यापिटल लिमिटेड भने मर्चेन्ट बैंकिङ्ग सेवा, शेयर निष्काशन र बिक्री प्रबन्धमा अनुमती प्राप्त संस्था हो।

NECO

Leave Your Comment

Related News