RE
Global College

नेपाल दूरसञ्चार कम्पनीको लाभांश घोषणा

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ३० प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो ।

सो लाभांश पारित गर्न कम्पनीले पुस ३० गते, राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाडौँमा १८ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस २० गते बुकक्लोज गर्दैछ । यस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

NECO

Leave Your Comment

Related News