RE
Global College

१०.८७ अंकले बढ्यो नेप्से

काठमाडौं । बुधबार नेप्से परिसूचक १०.८७ अंकले बढेको छ । बजार २६३३.७६ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३४२ वटा कम्पनी ६३ हजार ९८१ पटक कारोबार हुँदा १ करोड १९ करोड ४६ लाख कित्त सेयर खरिदबिक्री भएको हो । कारोबार रकम भने ५ अर्ब १३ करोड ४८ लाख लाख रुपैयाँ पुगेको छ । यो रकम सोमबारको तुलनामा ४७ करोड १ लाख रुपैयाँले बढी हो । सोमबार कारोबार रकम ४ अर्ब ७७ करोड ४७ लाख रुपैयाँ थियो ।

यस दिन सबै उप समूह बढेका छन् । बैंकिङ ०.२५ प्रतिशत, विकास बैंक ०.४४ ,वित्त ०.०६, होटल्स तथा पर्यटन समूह ०.९२,  जलविद्युत ०.१३, लगानी ०.२०, जीवन बीमा ०.५३, उत्पादन र प्रशोधन १.६१, लघुवित्त ०.३२, म्युअुचल फण्ड०.४७,निर्जीवन बीमा ०.३७, अन्य समूह ०.३४ र व्यापार समूह ०.३३ प्रतिशतले बढेका छन् ।

एसवाई प्यानल नेपाल र न्यादी हाइड्रोपावर कम्पनीको १० प्रतिशतले बढेको छ । त्यस्तै,  पियोर इनर्जी कम्पनीको सेयर मूल्य ६.४७ प्रतिशतले बढेको हो ।

कारोबार रकमका आधारमा यस दिन ग्रिन भेन्चर्स कम्पनी पहिलो स्थानमा रहेको छ। सो कम्पनीको  १७ करोड ७९ लाख रुपैयाँबराबरको कारोबार भएको छ। त्यस्तै, बन्दीपुर केवलकार एण्ड टुरिजमको १५ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ ।

NECO

Leave Your Comment

Related News