RE
Global College

नेप्सेसँगै घट्यो कारोबार रकम

काठमाडौं । बिहीबार नेप्से परिसूचक १२.८३ अंकले घटेको छ । बजार २६२०.९२ अंकम पुगेर बन्द भएको छ । यसदिन  ३३६ वटा कम्पनी ६४ हजार ४०७ पटक कारोबार हुँदा १ करोड १ लाख कित्त सेयर खरिदबिक्री भएको हो । कारोबार रकम भने ४ अर्ब ७१ करोड ३९ लाख रुपैयाँ पुगेको छ। यो रकम बुधबारको तुलनामा ४२ करोड ९ लाख  रुपैयाँले कम हो । बुधबार कारोबार रकम ५ अर्ब १३ करोड ४८ लाख थियो ।

यस दिन १२ वटा उप समूह घटेका छन् भने १ वटा बढेको छ । बैंकिङ ०.६४ प्रतिशत, विकास बैंक ०.४७,वित्त ०.७४, होटल्स तथा पर्यटन समूह ०.४९,  जलविद्युत ०.३०, लगानी ०.६०, जीवन बीमा ०.७८, उत्पादन र प्रशोधन ०.४१, लघुवित्त ०.४०,म्युअुचल फण्ड०.५३,निर्जीवन बीमा ०.१९, र व्यापार समूह १.०९ प्रतिशतले घटेका छन्। अन्य समूह ०.३४ प्रतिशतले बढेका छ ।

यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्था १० प्रतिशत, एसवाई प्यानल नेपाल ९.०९ प्रतिशत हिम स्टार उर्जा कम्पनीको सेयरमूल्य ८.०९ प्रतिशतले बढेको छ ।कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल पहिलो स्थानमा रहेको छ। सो कम्पनीको २३ करोड ४१ लाख रुपैयाँबराबरको कारोबार भएको छ। त्यस्तै, शिवम् सिमेन्ट्सको १३ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ भने बुटवल पावर कम्पनीको कारोबार रकम १२ करोड २३ लाख रुपैयाँ पुगेको छ।

NECO

Leave Your Comment

Related News