RE
Global College

भेनेजुएलामाथिको कारबाहीपछि अमेरिकाले क्यारिबियन हवाई क्षेत्रको प्रतिबन्ध हटायो

काठमाडौं । अमेरिकाले भेनेजुएलामाथि गरिएको सैन्य कारबाहीपछि क्यारिबियन क्षेत्रको हवाई क्षेत्रसम्बन्धी प्रतिबन्ध हटाएको छ। अमेरिकाले शनिबार राति जारी निर्णयअनुसार अब व्यावसायिक उडानहरू पुनः सञ्चालन गर्न सकिनेछ। यसअघि जारी प्रतिबन्धका कारण क्यारिबियन क्षेत्रका उडानहरू अस्थायी रूपमा रोकिएका थिए।

समाचारअनुसार, भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई न्युयोर्कमा हेलिकोप्टरमार्फत लगिएको छ। उनीहरूलाई ‘ लागूऔषध तस्करी र हतियारसम्बन्धी अभियोग’ मा अनुसन्धान भइरहेको छ।

अमेरिकी यातायातमन्त्री सीन डफीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मध्यरात १२ बजेपछि प्रतिबन्ध समाप्त भइसकेको र सम्बन्धित वायुसेवा कम्पनीलाई आवश्यक सूचना दिइसकिएको बताए।

यसअघि अमेरिकी संघीय उड्डयन निकायले क्यारिबियन क्षेत्रमा जारी सैन्य गतिविधिका कारण उडान जोखिमपूर्ण रहेको भन्दै उडान नगर्न निर्देशन दिएको थियो।

NECO

Leave Your Comment

Related News