RE
Global College

क्यामरा जडान गरेर खोजिँदै नरभक्षी बाघ

राँझा (बाँके) । बाँके राष्ट्रिय निकुञ्जले राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित सौरीमा क्यामेरा जडान गरेर मान्छे आक्रमण गर्ने बाघको खोजी गरिरहेको छ ।

बाघको खोजीका लागि घटनास्थल वरपर पाँच थान क्यामरा जडान गरेर अनुगमन गरिरहे पनि हालसम्म फेला नपरेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए ।

‘हामीले घटनास्थल वरिपरिको क्षेत्रमा क्यामरा जडान गरेर बाघको खोजी गरिरहेका छौँ, हालसम्म बाघ देखापरेको छैन,’ उनले भने, ‘ दुर्घटनास्थलमा फर्केर नआएकाले आहारा पछि आफ्नो बाटो लागेको हुनुपर्छ ।’

राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित सौरी निवासी ६२ वर्षीय मरिचमान भण्डारीको गाई चराउन गएको बेला गत शनिबार बाघले आक्रमणमा परी मृत्यु भएको थियो ।

बाघले आफ्नो आहारा जोगाउन दुर्घटनावश भण्डारीमाथि आक्रमण गरेको हुनसक्ने प्रमुख वरिष्ठ संरक्षण अधिकृत कँडेलको अनुमान छ । ‘बाघले गाई मारेर खाइरहेको अवस्थामा गोठालो जानुभएका भण्डारी नजिकै पुगेका कारण आहारा जोगाउन बाघले आक्रमण गरेको हुन सक्छ,’ कँडेलले भने ।

NECO

Leave Your Comment

Related News