RE
Global College

दोहोरो अंकले घट्यो नेप्से,कारोबार रकममा पनि गिरावट

काठमाडौं । मंगलबार पनि नेप्से परिसूचक दोहोरो  अंकले घटेको छ । यस दिन बजार १०.२५ अंकले घटेर २६६२.१४ अंक विन्दुमा पुगेर बन्द भएको छ । यस दिन ३२४ वटा कम्पनीको सेयर कारोबार भएको छ । ८९ हजार ८३६ पटक कारोबार हूँदा २ करोड १७ लाख १५ हजार कित्ता सेयर खरिदबिक्री भएको हो । कारोबार रकम भने ८ अर्ब ६१ करोड ६४ लाख रुपैयाँ पुगेको छ । सोमबारको तुलनमा कारोबार रकम २ अर्ब १५ करोड ७५ लाख रुपैयाँले घटेको छ ।सोमबार कारोबार रकम १० अर्ब ७७ करोड ३९ लाख रुपैयाँ थियो ।

सेन्सेटिभ इण्डेक्स १.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंक घटेको छ।

यस दिन ११ वटा उप समूह घटेका छन् भने २ वटा बढेका छन् । बैंकिङ ०.०९ प्रतिशत, विकास बैंक १.१५,वित्त ०.९२, होटल्स तथा पर्यटन समूह ०.४८, जलविद्युत ०.२५, लगानी ०.५४, जीवन बीमा ०.७६, उत्पादन र प्रशोधन ०.६५, लघुवित्त ०.४९, निर्जीवन बीमा ०.६१ र अन्य समूह ०.३५ प्रतिशतले घटेको छ । म्युअुचल फण्ड ०.१९ र व्यापार समूह ०.५२ प्रतिशतले बढेका छन्।

यस दिन कालिञ्चोक दर्शनको ६.३६ प्रतिशत बढेको छ। त्यस्तै, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य ५.१८ प्रतिशत बढेको छ भने आरबिबि फोकस ४० को सेयरमूल्य ४ प्रतिशत बढेको छ। कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४५ करोड २८ लाख रुपैयाँबराबरको कारोबार भएको छ। यस दिन आँखु खोला जलविद्युत कम्पनीको  ४० करोड  ७९ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने रिडी पावर कम्पनीको कारोबार रकम ३८ करोड रुपैयाँ नाघेको छ।

NECO

Leave Your Comment

Related News