काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावरले आयोजना प्रभावितलाई वितरण गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बाँडफाँड गरेको छ ।
७ लाख कित्ता शेयर निष्कासन गरेकोमा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको थियो । आइतबार आइपीओ बाँडफाँड गरेको हो ।
१ हजार ७०९ जनालाई ६ लाख ९६ हजार ४२० कित्ता आइपीओ परेको छ । न्यूनतम १० कित्ता देखि ७७० कित्ता सम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।
त्यस्तै ८०० देखि ७००० कित्ता माग गरेका आवेदकहरुले ७८० कित्ता आइपीओ पाएका छन् । आवेदकहरु ४६३ जनाले ३ लाख ६१ हजार १४० कित्ता आइपीओ पाएका हुन् ।
८०० देखि ७००० कित्ता माग गर्ने मध्ये ३५८ जनाले १० कित्ताको दरले प्राप्त गरेका छन् । आवदेकहरुले १० कित्ताको दरले ३ हजार ५८० कित्ता आइपीओ प्राप्त गरेका हुन् ।


