CLI
Global College

दिपक भट्टसँग सम्बन्धित कम्पनी तथा ती कम्पनीहरुसँग उनको सम्बन्धको विवरण यस्तो

काठमाडौं । नेपाल धितोपत्र बोर्डले भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रा.लि. र यससँग सम्बन्धित संस्थागत तथा व्यक्तिगत ग्राहकहरूको शेयरधनी संरचना तथा आपसी सम्बन्धबारे गरेको प्रारम्भिक जाँचबुझमा दिपक भट्टसँग विभिन्न कम्पनीहरूबीच प्रत्यक्ष तथा अप्रत्यक्ष सम्बन्ध देखिएको छ।

बोर्डमा पेश गरिएको विवरण अनुसार हिमालय सेक्युरिटिज बैंकर लि.मा हिमालयन रिइन्स्योरेन्स लि.को ७५ प्रतिशत, दिपक भट्टको ७ प्रतिशत तथा शेखर गोल्छाको २.५ प्रतिशत शेयर स्वामित्व रहेको पाइएको छ।

त्यस्तै हिमालयन इन्भेष्टमेन्ट बैंकर लि.मा दिपक भट्टकी पत्नी आयुष्मा नेपालको ८.२५ प्रतिशत शेयर स्वामित्व रहेको देखिएको छ। उक्त संस्थाले एचएलआई लार्ज क्याप फण्डको नामक सामूहिक लगानी कोष पनि सञ्चालन गर्दै आएको छ।

हिमालयन रिइन्स्योरेन्स कम्पनी लि.को संस्थापक शेयरधनी संरचनामा दिपक भट्ट एकल सञ्चालक रहेको इन्फिनिटी होल्डिङ्ग्स प्रा.लि.को ४.५ प्रतिशत र शेखर गोल्छा सञ्चालक रहेको हंशराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.को २ प्रतिशत शेयर स्वामित्व रहेको विवरणमा उल्लेख छ।

त्यसैगरी नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लि.मा दिपक भट्टको १५ प्रतिशत शेयर स्वामित्व रहेको पाइएको छ। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लि.मा पनि उनको १५ प्रतिशत हिस्सा रहेको देखिन्छ।

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लि.मा भने हिमालयन रिइन्स्योरेन्स लि.को १५ प्रतिशत शेयर स्वामित्व रहेको छ भने प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लि.मा उक्त कम्पनीको २१.४३ प्रतिशत हिस्सा रहेको विवरणमा उल्लेख छ।

हिमालयन क्यापसर्व लि. हिमालयन रिइन्स्योरेन्स लि.को शतप्रतिशत स्वामित्वमा स्थापित कम्पनी भएको पनि देखिएको छ।

Leave Your Comment

Related News