काठमाडौं । बुधबार नेपाल सट्क एकसेञ्ज (नेप्से) २.९५ अंकले घटेको छ । बजार २८०७.३१ विन्दुमा पुगेरा बन्दा भएको छ । ३४२ वटा कम्पनीको १ लाख २१ हजार ४३३ पटकको कारोबारमा १ करोड ७५ लाख ८८ हजार ८५४ कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम भने ७ अर्ब ८१ करोड ३९ लाख रुपैयाँ पिगेको छ । मंलबारको तुलनामा कारोबार रकम २ अर्ब ३ करोड ९३ लाख रुपैयाँले बढेको छ ।मंलबार कारोबार रकम ५ अर्ब ७७ करोड ४६ लाख रुपैयाँ थियो ।
सेन्सेटिभ इण्डेक्स ०.६५ अकं बढेको छ भने फ्लोट इण्डेक्स स्थिर रहेको छ र सेन्सेटिभ फ्लोट डण्डेक्स ०.३२ अंक बढेको छ ।
यस दिन ८ वटा उप समूह घटेका छन् भने ५ वटा बढेका छन् । विकास बैंक ०.२७ प्रतिशतले, होटल्स तथा पर्यटन समूह २.३६ ,जलविद्युत ०.०६, जीवन बीमा ०.२५, , लघुवित्त ०.१५, म्युअुचल फण्ड ०.४०, अन्य समूह ०.०३ र व्यापार समूह १.१० प्रतिशतले घटेका छन्। बैंकिङ ०.१३ प्रतिशतले, वित्त ०.५८, लगानी ०.०९, उत्पादन र प्रशोधन ०.२५, निर्जीवन बीमा ०.३६ प्रतिशतले बढेका छन् ।
यस दिन ३ स्टकको सेयर मूल्य १५ प्रतिशतले बढेको छ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर डेभलपमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
त्यस्तै, झापा इनर्जीको सेयरमूल्य १४.०८ प्रतिशत बढेको छ भने गणपति लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.१६ प्रतिशत बढेको छ।


