काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई बिक्री गरेको सेयर बाँडफाट भएको छ । सानिमा क्यापिटलमा सेयर बाँडफाँट गरिएको हो । कम्पनीले स्थानीयलाई ४ लाख ९० हजार कित्ता सेयर जारी गरेको थियो । जसमध्ये आवेदन दिएका सबैले सेयर पाएका छन् ।
योग्य ३ हजार ८१ जनाले सेयर पाएका छन् । २०० कित्तासम्मका लागि आवेदन दिने १ हजार ७५२ जनाले माग अनुसार सेयर पाएका छन् । २१० देखि ५ हजार कित्तासम्मका लागि आवेदन दिने १ हजार ३२९ जनाले थप २०० कित्ता सेयर पाएका छन् । त्यसैले २१० देखि ५ हजार कित्तासम्मका लागि आवेदन दिने ३७९ जनाले थप १० कित्ता सेयर पाएका छन् ।
सानिमा क्यापटिलको वेवसाइट, मेरो सेयर वा आइपीओ नतिजा हेर्न बनाएको सीडीएसीको साइटबाट पनि नतिजा हेर्न सकिन्छ ।


