CLI

लोअर इर्खुवा हाइड्रोपावरले आईपीओ जारी गर्ने

काठमाडौं । लोअर इर्खुवा खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । वैशाख १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभा डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेट, बालुवाटार, काठमाडौंमा साझ ५ बजे सुरु हुनेछ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई सुम्पनेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।

यीसँगै गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय सभाले टुङ्ग्याउनेछ । यस कम्पनीले भोजपुर जिललामा १४.१५ मेगावाट क्षमताको तल्लो इर्खुवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Leave Your Comment

Related News