काठमाडौं । शुक्रबा नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.७७ अंकले बढेको छ । बजार २७३१.९४ विन्दुमा पुगेरा बन्द भएको छ । ३३८ वटा कम्पनीको ४३ हाजर ६७४ पटक्को कारोबार ७९ लाख ३४ हजार ४४४ कित्ता सेयर कारोबार भएको छ ।
कारोबार रकम भने ३ अर्ब ९ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।कारोबार रकम विहीबारको तुलनामा घटेको छ । विहीबार कारोबार रकम ३ अर्ब ३९ करोड ३ लाख रुपैयाँ थियो ।
सेन्सेटिभ इण्डेक्स ०.३४ अकं, फ्लोट इण्डेक्स ०.०४ र सेन्सेटिभ फ्लोट डण्डेक्स ०.०९ अंकले बढेको छ ।
१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, वित्त, होटल तथा पर्यटन, जलविद्युत, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो।
यस दिन ७ प्रतिशत नबिल डिबेञ्चर २०८९ को मूल्य सर्वाधिक ७.७१ प्रतिशत बढेको छ। त्यस्तै, मोदी इनर्जीको शेयरमूल्य ५.२६ प्रतिशत बढी बढेको छ भने बाँकी स्टकहरको मूल्य वृद्धिदर साढे ३ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन यूनियन हाइड्रोपावर पहिलो स्थानमा रहेको छ। सो कम्पनीको ३० करोड ६६ लाख ४९ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ।
त्यस्तै, अपि पावर कम्पनीको करिब ११ करोड ४४ लाख रुपैयाँको सेयर किनबेच भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम ८ करोड ६३ लाख रुपैयाँ नाघेको छ।


