काठमाडौं । भी-चित्र प्रा. लि. ले एशियाकै प्रमुख मार्केटिङ प्लेटफर्ममध्ये एक १५औं ACEF ग्लोबल कस्टमर इन्गेजमेन्ट अवार्ड्स २०२६ मा जनसम्पर्क (PR) विधामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालका लागि गौरवपूर्ण उपलब्धि हासिल गरेको छ। यस प्रतिष्ठित अवार्ड समारोह ३० अप्रिल २०२६ मा भारतको मुम्बईस्थित द वेस्टिन मुम्बई गार्डेन सिटी, गोरेगाउँ इस्टमा आयोजना गरिएको थियो।
कार्यक्रममा APAC क्षेत्रका उत्कृष्ट एजेन्सी र ब्रान्डहरू सहभागी भएका थिए, जहाँ ग्राहक संलग्नता र सञ्चार क्षेत्रमा भएका उत्कृष्ट कार्यलाई सम्मान गरिएको थियो । एजेन्सीले विश्वकै प्रभावशाली डिजिटल प्लेटफर्ममध्ये एक टिकटकसँगको सहकार्यमार्फत उल्लेखनीय सफलता हासिल गरेको हो।
भी-चित्रले टिकटक फ्यामिली पेरिंग अभियानमार्फत ‘बेस्ट इन्टीग्रेटेड पीआर एण्ड डिजिटल इन्गेजमेन्ट’ र ‘बेस्ट मिडिया रिलेसन्स क्याम्पेन’ विधामा स्वर्ण पुरस्कार जितेको छ। सामाजिक सञ्जालमार्फत परिवारलाई जोड्ने उद्देश्यसहित तयार गरिएको यो अभियान सांस्कृतिक रूपमा पनि प्रभावशाली मानिएको थियो ।
नेपालमा २०२५ मा टिकटक माथिको प्रतिबन्ध हटाइएपछि किशोरहरूको डिजिटल सुरक्षाबारे बढ्दो चिन्तालाई सम्बोधन गर्दै अभियानले अभिभावकीय नियन्त्रण सुविधा (Parental Control Feature) लाई सेलिब्रेटी, कन्टेन्ट क्रियटर, टेलिभिजन विज्ञापन तथा स्थानीय भाषाका मिडियामार्फत सार्वजनिक गरेको थियो ।
अभियानले १४० भन्दा बढी मिडिया कभरेज, ३४ मिलियनभन्दा बढी क्रियटर भ्युज तथा ५.८ मिलियन इन्गेजमेन्ट हासिल गर्दै टिकटकलाई चिन्ताको प्लेटफर्मबाट जिम्मेवार प्लेटफर्मको रूपमा स्थापित गर्न सफल भयो।
यसैगरी, टिकटक सेफ्टी एम्बेसडर कार्यक्रममार्फत भी-चित्रले ‘बेस्ट युज अफ इन्फ्लुएन्सर्स इन पीआर क्याम्पेन’ विधामा पनि स्वर्ण पुरस्कार जितेको छ। उक्त अभियानले नेपालमा टिकटक प्रयोगकर्तामाझ डिजिटल सुरक्षासम्बन्धी सचेतना फैलाउने काम गरेको थियो।
ग्राण्ड प्रिक्स अवार्ड अन्तर्गतका यी सबै उपलब्धिसँगै भी-चित्रले ‘पीआर एजेन्सी अफ द इयर’ उपाधि पनि प्राप्त गरेको छ, जुन उक्त अवार्डको पब्लिक रिलेसन् तर्फको सबैभन्दा ठूलो सम्मान हो। यसले भी-चित्रलाई APAC क्षेत्रकै उत्कृष्ट पीआर (PR) एजेन्सीहरूको लहरमा स्थापित गरेको छ।
नेपालका लागि यो उपलब्धि केवल पुरस्कारमा सीमित छैन। यसले नेपाली एजेन्सीहरू क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा केवल प्रतिस्पर्धा मात्र होइन, नेतृत्व नै गर्न पनि सक्षम छन् भन्ने सन्देश दिएको छ। यस सफलतामा भी-चित्रको पीआर केन्द्रित सहायक कम्पनी मिडियाम्यानको पनि महत्वपूर्ण भूमिका रहेको थियो।
मिडिया रणनीति र सञ्चार विशेषज्ञतामार्फत मिडियाम्यानले यी सफल अभियान निर्माणमा योगदान दिएको हो। यी दुई संस्थाले विश्वस्तरीय सिर्जनात्मक सोच र प्रभावकारी सञ्चार काठमाडौंबाट पनि सम्भव छ भन्ने प्रमाणित गर्दै नयाँ पुस्ताका नेपाली मार्केटिङ व्यवसायीलाई अझ ठूलो सपना देख्न र विश्वस्तरमा प्रतिस्पर्धा गर्न प्रेरित गरेका छन्।
भी-चित्र प्रा. लि. को बारेमा:
भी-चित्र प्रा. लि. नेपालका अग्रणी एकीकृत मार्केटिङ तथा सञ्चार एजेन्सीहरूमध्ये एक हो। कम्पनीले जनसम्पर्क, डिजिटल मिडिया, इभेन्ट व्यवस्थापन, इन्फ्लुएन्सर मार्केटिङ तथा क्रिएटिभ रणनीतिमा विशेषज्ञता हासिल गरेको छ। यस क्षेत्रकै चर्चित ब्रान्डहरूसँग प्रभावकारी र परिणाममुखी अभियान सञ्चालन गर्दै आएको भी-चित्र नेपालकै विश्वसनीय मार्केटिङ एजेन्सीका रूपमा स्थापित भएको छ। सांस्कृतिक रूपमा सान्दर्भिक, रणनीतिक रूपमा प्रभावकारी तथा दीर्घकालीन असर पार्ने काम गर्ने प्रतिबद्धता कम्पनीले राखेको छ।


