काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोपान फर्मास्युटिकल्स लिमिटेडको सेयर सूचीकृत भएको छ। शुक्रबार नेप्सेमा कम्पनीको १ करोड ७१ लाख ६० हजार कित्ता सेयर सूचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारणमा जारी गरेको ४२ लाख ९० हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १ करोड २८ लाख ७० हजार कित्ता गरी कुल १ करोड ७१ लाख ६० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई ९२.१५ रुपैयाँदेखि २७६.४५ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । सोही रेञ्जका आधारमा कम्पनीको पहिलो कारोबार हुनेछ । नेप्सेले कम्पनीलाई ‘SOPL’ सिम्बोल दिएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।


