काठमाडौं । मंगलबार नेप्से परिसूचक (नेप्से) १.५४ अंकले घटेर २७३३.५९ विन्दुमा पुगेको बन्द भएको छ ।३५७ वटा कम्पनीको १ करोड २३ लाख ८२ हजार १७ कित्ता सेयर कारोबार हुँदा कारोबार रकम ६ अर्ब ४४ करोड ३१ लाख पुगेको छ । जुन सोमबारको तेलनामा २ अर्ब ३५ करोड ८३ लाखले बढी हो । सोमबार ४ अर्ब ८ करोड ४८ लाख रुपैयाँ कारोबार रकम रहेको थियो ।
त्यसतै, सेन्सेटिभ इन्डेक्स ०.२९ अंकले घटेर ४७९.०७ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.१२ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.०९ अंकले घटेको हो ।
यस दिन ९ वटा उप समूह बढेका छन् भने ४ वटा घटेका छन् । बैंकिङ ०.०० प्रतिशतले,विकास बैंक ०.०६, वित्त १.०१, लगानी ०.१२, जीवन बीमा ०.३७, , लघुवित्त ०.१८, म्युअुचल फण्ड ०.१५ निर्जीवन बीमा ०.४१ र व्यापार समूह ०.३८ प्रतिशतले घटेका छन् । होटल्स तथा पर्यटन समूह ०.१६, जलविद्युत ०.०१, उत्पादन र प्रशोधन ०.२६ र अन्य समूह ०.२९ प्रतिशतले बढेको छन् ।
यस दिन २ वटा कम्पनीकोको सेयर १५ प्रतिशतले बढेको छ। सोपान फर्मास्यूटिकल्स र कालिञ्चोक हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य करिब ११ प्रतिशत बढेको छ भने उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा यस दिन कृषि विकास बैंकको बण्ड शीर्ष स्थानमा रहेको छ। सो बैंकको ८ वर्षे एग्रीकल्चर बण्ड यस दिन ५७ करोड रुपैयाँबराबरको कारोबार भएको छ। त्यस्तै, यस दिन सेन्ट्रल फाइनान्सको करिब ३६ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने १०.२५ प्रतिशत एनबिबिएल डिबेञ्चर २०८५ को ३१ करोड रुपैयाँभन्दा बढीको ऋणपत्र कारोबार भएको छ।


