काठमाडौं । साताको अनतीम करोबार दिन शुक्रबार नेप्से परिसूचक (नेप्से) ४.०० अंकले घटेर२ ७२४.०३ विन्दुमा पुगेको बन्द भएको छ । यस दिन, ३४२ वटा कम्पनीको ९८ लाख ५६ हजार ५२५ कित्ता सेयर कारोबार हुँदा ४ अर्ब ३४ करोड १० लाख रुपैयाँ गेको छ । जुन विहीबारको तुलनामा ४ करोड ३६ लाख रुपैयाँले कमहो । वहिबार कारोबार रकम ४ अर्ब २९ करोड ७४ लाख रुपैयाँ थियो ।
त्यसतै, सेन्सेटिभ इन्डेक्स ०.५३ अंकले घटेर ४६७.०९ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.३९ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.२३ अंकले घटेको हो ।
१३ उप समूह मध्ये यस दिन ४ वटा बढेका छन् भने ९ वटा घटेको छ। म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन घटेका उप समूह हरुको गिरावटदर ०.५० प्रतिशतभन्दा कम रहेको छ।
यस दिन सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावरको सेयरको मूल्य १५ प्रतिशतले बढेको छ । डेभलपमेन्ट बैंक करिब साढे १३ प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा यस दिन सेन्ट्रल फाइनान्स पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २५ करोड ५३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, सिटि होटलको करिब २५ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने आँखु खोला जलविद्युत कम्पनीको कारोबार रकम साढे २२ करोड रुपैयाँ नाघेको छ।


