RE
Global College

सर्वाेत्तम पेन्ट्सको आईपीओमा कतिले दिए आवेदन ?

काठमाडौं । सर्वाेत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि आज असार २ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओमा मागभन्दा ३६.९१ गुणा बढी आवेदन परेको छ।

कम्पनीले कुल ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएकोमा ८५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ४२ हजार कित्ता सामूहिक लगानी कोष र १७ हजार कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई छुट्याएर ७ लाख ५ हजार ५०० कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो।

न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म माग गर्न सकिने यस आईपीओमा आज अन्तिम दिनसम्म २४ लाख ६३ हजार ४२९ जना आवेदकले २ करोड ६७ लाख ४३ हजार ६४० कित्ता माग गर्दै आवेदन दिएका छन्।

आईपीओ बाँडफाँड हुँदा भाग्यशाली ७० हजार ५५० जना आवेदकले १० कित्ताका दरले शेयर हात पार्नेछन् भने २३ लाख ९२ हजार ८७९ जना आवेदकको हात खाली रहनेछ। अर्थात् लभगभ प्रत्येक ३५ जना आवेदकमध्ये १ जना भाग्यशालीले १० कित्ता शेयर पाउनेछन्।

NECO

Leave Your Comment

Related News