काठमाडौं । नेपालमा TVS NTORQ 125 Race XP Blaze Blue सार्वजनिक गरेको छ।नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लु नेपालमा सार्वजनिक हो ।
नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लुको सार्वजनिक कार्यक्रम बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आयोजना गरिएको थियो । कार्यक्रमको उद्घाटन जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताद्वारा गरिएको थियो । कार्यक्रममा ग्राहक, सञ्चारकर्मी, कन्टेन्ट क्रिएटर, मोटो भ्लगर तथा टीभीएस प्रेमीहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

टीभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लु विशेष गरी स्टाइल, पर्फमेन्स र दैनिक प्रयोगलाई एउटै प्याकेजमा खोज्ने युवा राइडरहरूका लागि तयार गरिएको स्कुटर हो। यसको आकर्षक ब्लेज ब्लु कलर, स्पोर्टी ग्राफिक्स, धारिलो डिजाइन र आत्मविश्वासी रोड प्रेजेन्सले स्कुटरलाई अझै दमदार र फरक बनाएको छ।
TVS NTORQ 125 Race XP ले लामो समयदेखि आफ्नो बोल्ड डिजाइन, पावरफुल क्यारेक्टर र TVS Racing को पर्फमेन्स डिएनएका कारण युवा राइडरहरूबीच छुट्टै पहिचान बनाउँदै आएको कम्पनी दाबी छ। नयाँ ब्लेज ब्लु एडिसनले यही पहिचानलाई अझ बलियो बनाउँदै स्कुटरलाई अझ अभिव्यक्त, एनर्जेटिक र रोडमा नोटिस हुने बनाएको छ ।
यस स्कुटरले ५० किलोमिटर टेस्टेड माइलेज र लाइफटाइम वारेन्टी एस्योरेन्स जस्ता महत्त्वपूर्ण विशेषताहरु पनि प्रदान गर्दछ । यी विशेषताहरूले ग्राहकलाई पर्फमेन्ससँगै विश्वसनीयता, बचत र दीर्घकालीन स्वामित्वको आत्मविश्वास दिने जगदम्बा मोटर्सको प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीको भनाइ छ ।
सार्वजनिक कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ता ले भने, ‘टीभीएस एनटर्कले सधैं पर्फमेन्स, प्रविधि र बोल्ड स्टाइल खोज्ने युवा राइडरहरूसँग बलियो सम्बन्ध बनाउँदै आएको छ । टीभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लुको सार्वजनिकसँगै हामी एनटर्कको यही पहिचानलाई अझ नयाँ र उत्साहजनक रूपमा प्रस्तुत गरिरहेका छौं। आफ्नो राइडमार्फत अलग देखिन चाहने राइडरहरूका लागि यो नयाँ भेरिएन्ट निकै आकर्षक हुनेमा हामी विश्वस्त छौ ।’
यसको मूल्य ३ लाख ३४ हजार ४ सय रुपैयाँ तोकिएको छ । देशभर फैलिएको टीभीएसको आधिकारिक डिलर नेटवर्कमार्फत ग्राहकहरुले नजिकैको टीभए शोरुममा गई नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लुको विशेषता, उपलब्धता र स्वामित्व लाभबारे थप जानकारी प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ



