RE
Global College

नियमित उडान नहुँदा टरिगाउँ विमानस्थलको इन्धन डिपो समस्यामा

काठमाडौं । जिल्लाको टरिगाउँ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन नहुँदा इन्धन डिपो समस्यामा परेको छ । विमानस्थलमा नेपाल आयल निगमले इन्धन डिपो स्थापना गरे पनि नियमित हवाई उडान नहुँदा डिपो सञ्चालनमा समस्या भएको हो ।

कार्यालयका लेखा अधिकृत कैलाश देवकोटाका अनुसार गत वैशाखमा एक हजार लिटर मात्रै इन्धन बिक्री भएको थियो भने जेठमा ६६० लिटर र असारको अहिलेसम्म ८३४ लिटर इन्धन बिक्री भएको छ । आर्थिक वर्ष २०८१/८२ मा १७ हजार ९०९ लिटर बिक्री भएको थियो । चालु आवमा ३४ हजार ३४ लिटर बिक्री भएको जनाउँदै उनले मासिक बिक्रीदर दुई हजार ८४६ लिटर रहेको बताए ।

नियमित उडान भएमा इन्धन बिक्रीदर बढ्ने हुँदा डिपोको आम्दानी हुने बताउँदै लेखा अधिकृत देवकोटाले भने, “सातामा चार दिन जहाज आउने भनिए पनि कहिल्यै दुई दिन मात्रै आउने, कुनै साता नआउने समस्या छ ।”

उनका अनुसार हाल इन्धनको मूल्य प्रतिलिटर २६९ रुपैयाँ रहेको छ ।

NECO

Leave Your Comment

Related News