RE
Global College

आरम्भ चौतारी लघुवित्तको सञ्चालक सदस्यमा गैरे चयन

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति सदस्यमा पिताम्बर गैरे चयन भएका छन् । संस्थाको १८० औँ बैठकको निर्णयानुसार गैरे संस्थापक सञ्चालक समितिको रिक्त सदस्य पदमा चयन भएका हुन्।

स्याङ्जा जिल्लाको चापाकोटका स्थायी बासिन्दा रहेका गैरेलाई सञ्चालक समितिले संस्थाको आगामी कार्यदिशालाई थप मजबुत बनाउन जिम्मेवारी सुम्पेको हो ।

बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ चौतारी लघुवित्तले देशका विभिन्न स्थानमा शाखाहरू मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ। गैरेको प्रवेशसँगै संस्थाको संस्थागत सुशासन र व्यावसायिक विस्तारमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।

NECO

Leave Your Comment

Related News