RE
Global College

सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही

काठमाडौं ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कानुन उल्लङ्घन गर्ने तीन ब्रोकर कम्पनीहरुलाई कारबाही गर्दै जरिवाना गरेको छ।

सम्पत्ति शुद्धीकर निवारण ऐन, २०६४ अन्तर्गत ग्राहक पहिचानसम्बन्धी व्यवस्था उल्लङ्घन गरेको निष्कर्षसहित बोर्डले सिप्ला सेक्युरिटिज प्रालि, श्रीकृष्ण सेक्युरिटिज लिमिटेड र हातेमालो फाइनान्सियल सर्भिसेज प्रालिलाई कारबाही गरेकाे हाे ।

सेबोनका अनुसार सिप्ला सेक्युरिटिज प्रालिलाई ५० लाख रुपैयाँ, श्री कृष्ण सेक्युरिटिज लिमिटेडलाई ३० लाख रुपैयाँ र हातेमालो फाइनान्सियल सर्भिसेज प्रालिलाई ३० लाख रुपैयाँ गरी कुल १ करोड १० लाख रुपैँया जरिवाना गरिएको हो ।

यसैबीच सानिमा क्यापिटल लिमिटेडलाई पनि बोर्डले सचेत गराएको छ। सेबोनका अनुसार सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को बोनस सेयर वितरणका क्रममा सानिमा क्यापिटलले लगानीकर्ताको डिम्याट खातामा बोनस सेयर जम्मा गर्दा त्रुटि गरेको थियो।

कम्पनीले २ हजार ५ सय ३३ जना सर्वसाधारण शेयरधनीको खातामा हुनुपर्नेभन्दा बढी बोनस सेयर जम्मा गरेको भेटिएपछि नियामकले छानबिन गरेको हो। मर्चेन्ट बैंकरका रूपमा आवश्यक सावधानी नअपनाएको ठहर गर्दै क्यापिटललाई पहिलो पटकका लागि चेतावनी दिएको हो।

NECO

Leave Your Comment

Related News