CLI

एनएमबि म्युचुअल फण्डका तीन योजनाले १७.६५ प्रतिशतसम्म प्रतिफल बाँड्ने

काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेका तीनवटा योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि इकाईधनीलाई प्रतिफल वितरण गर्ने भएका छन्।

योजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेडका अनुसार एनएमबि फिफ्टी (NMB 50) ले करसहित ३.१५ प्रतिशत, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ ले १० प्रतिशत र एनएमबि हाईब्रिड फण्ड एल–२ ले ४.५० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेका छन्।

प्रतिफल वितरण प्रयोजनका लागि तीनवटै योजनाको इकाईधनी दर्ता किताब भदौ ८ गते एक दिनका लागि बन्द हुने भएको छ। त्यसैले भदौ ८ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म नेपाल स्टक एक्सचेञ्जको प्रणालीमा कारोबार भई प्रचलित कानुनबमोजिम तोकिएको अवधिभित्र रीतपूर्वक नामसारी भएका इकाईधनी मात्र प्रतिफल प्राप्त गर्न योग्य हुनेछन्।

यसैबीच, परिपक्व भइसकेका एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ र एनएमबि हाईब्रिड फण्ड एल–१ ले विगतका आर्थिक वर्षमा वितरण गरेका प्रतिफल तथा लगानी रकम लिन बाँकी इकाईधनीलाई समेत भुक्तानी लिन आग्रह गरिएको छ।

त्यस्तै, सञ्चालनमा रहेका एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ र एनएमबि फिफ्टीले विगतका आर्थिक वर्षमा घोषणा गरेका प्रतिफल लिन बाँकी इकाईधनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न कम्पनीले अनुरोध गरेको छ। भौतिक प्रमाणपत्र भएका इकाईधनीलाई भने कम्पनीमा सम्पर्क गर्न आग्रह गरिएको छ।

Leave Your Comment

Related News