CLI

नाडा अटो शो २०२६ स्वर्ण उत्सव संस्करणमा २ लाखले अवलोकन गर्ने

काठमाडौं ।  नेपालको अग्रणी, बहुचर्चित एवं भव्य व्यवसायिक अटोमोबाइल प्रदर्शनीको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव संस्करणमा २ लाख आगन्तुकहरुले अवलोकन गर्ने बताइएको छ । ६ दिन सम्म चल्ने उक्त नाडा अटो शो २०२६ मा करिब २ लाख आगन्तुकहरुले अवलोकन गर्ने विश्वास नाडाको रहेको छ।

सोमबार पत्रकार सम्मेलन गर्दै नाडा अटो सो २०२६ को जानकारी गराउने क्रममा सो कुरा बताइएको हो । नाडाको १८ औं संस्करण अटो शो २०२६ काठमाडौंमा भाद्र ९ देखि १४ गते काठमाण्डौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ । नाडा अटो शो २०२६ को शिर्ष प्रायोजकमा एच.पि लुब्रिकेन्ट्स रहेको छ । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालद्वारा आयोजित ६ दिन सम्म चल्ने प्रदर्शनीले तीव्र रूपमा विकसित भईरहेको नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको समग्र आर्थिक, सामाजिक एवं व्यवसायिक प्रतिबिम्बलाई प्रस्तुत गर्नेछ।

यसका साथै नाडाको ५०औं वार्षिकोत्सवको उपलक्ष्यमा यस नाडा अटो शो को १८औं संस्करणलाई स्वर्ण उत्सव संस्करणको रूपमा भव्यताका साथ आयोजना गरिने भएको छ।

यस प्रदर्शनीले विगतमा ॐ अटोमोबाइल कम्पनीहरूलाई आफ्ना नवीनतम सवारी साधन, प्रविधि, उत्पादन तथा सेवाहरु प्रदर्शन गर्न र ग्राहक तथा व्यावसायिक सरोकारवालासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्न महत्वपूर्ण अवसर प्रदान गर्ने छ । नाडा अटो शो को मुख्य उद्देश्य सम्पूर्ण अटोमोटिभ इको सिस्टमलाई एउटै मञ्चमा ल्याउनु र आगन्तुकहरूलाई बजारमा उपलब्ध नवीनतम उत्पादन, प्रविधि तथा नवप्रवर्तनको प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्नु हो।

यस प्रदर्शनीले अटोमोबाइल क्षेत्रसम्बन्धी जनचेतना अभिवृद्धि, व्यावसायिक सञ्जाल विस्तार तथा नेपालको अटोमोबाइल उद्योगको निरन्तर विकासमा योगदान पुयाउने विश्वास आयोजकको रहेको छ। लगभग ३ लाख वर्गफुट क्षेत्रफलमा आयोजना गरिएको यस प्रदर्शनीमा साना ठूला गरी २०० भन्दा बढी स्टलहरु रहने छन् । जसमा २३ वटा ब्राण्डका पेसेन्जर कार मेहिकल (PCV), १७ वटा ब्राण्डका लाइट कमर्शियल मेहिकल (LCV), १३ वटा ब्राण्डका दुई पांग्रे, १० वटा वित्तीय एवं बीमा सेवा प्रदायकहरू तथा ७० वटा अटोमोटिभ पार्टपुर्जी, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण, र अटोमोबाइल सम्बन्धी अन्य उत्पादन र सेवाहरु प्रदर्शन गरिनेछन् र यी स्टलहरुमा नेपालमा एसेम्बल हुने सवारी साधन, ल्युब, व्यादी. हेल्मेट एवं अन्य सामाग्रीहरु समेत रहेका छन् ।

प्रदर्शनीको प्रमुख आकर्षणहरू :
स्वर्ण उत्सव संस्करण – नाडाको ५०औं वार्षिकोत्सवको उपलक्ष्यमा यस वर्षको नाडा अटो शो स्वर्ण उत्सव संस्करण
• G1 Humanoid Robot and Go2 Quadruped Robot भविष्यमा यातायात साधनमा आउने प्रविधी विकासको अनुभव
• Made in Nepal / Made for Nepal Pavilion – स्वदेशमै उत्पादित् सवारी साधन, ल्युब, व्याट्री, हेल्मेट एवं अन्य कम्पोनेन्टस्को प्रबर्द्धन
प्रोडक्ट लन्च – विभिन्न ब्राण्डका नयाँ नयाँ मोडलहरूको लन्चिङ्ग
• सिम्पोसियम्स स्मार्ट मोबिलिटी, सवारी क्षेत्रको दिगो विकास, कनेक्टिभिटीमा केन्द्रित

. सुविधाजनक जोन विभाजन २-पाहजे, 8-पाङग्रे, वितिय संस्था, अठो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरुको छुट्टा-छुट्टै प्रदर्शन
• ठिकट अग्रिम बुकिङ्ग खल्ती एप मार्फत अग्रिम खरिदको व्यवस्था । निश्चित अवधिका लागि ५० प्रतिशत क्यास व्याक

 

 

 

Leave Your Comment

Related News