RE
Global College

नेप्सेमा १९.३४ अंकको गिरावट, कारोबार पनि घट्यो

काठमाडौं । नेप्से परिसूचक १९.३४ अंकले घटेर २६२२.४८ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३४७ वटा कम्पनीको १ करोड ५१ लाख ९६ हजार कित्ता शेयर कारोबार हुँदा ५ अर्ब ७ करोड ३५ लाख रुपैयाँ पुगेको छ । सोमबारको तुलनामा कारोबार रकम ४५ करोड २० लाख रुपैयाँले  घटेको हो । सोमबार कारोबार रकम ५ अर्ब ५२ करोड ५५ लाख रुपैयाँ थियो।

यस दिन, सेन्सेटिभ इन्डेक्स २.५५ अंकले घटेर ४६१.०९ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स १.३० र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.८८ अंकले घटेको छ ।

यस दिन १२ उप समूह बढेका छन् भने १ उप समुह घटेको छ । बैंकिङ ०.५९ प्रतिशतले,विकास बैंक ०.५९, वित्त ०.४१, होटल्स तथा पर्यटन समूह ०.८२, जलविद्युत ०.९२, लगानी ०.८३,जीवन बीमा ०.७६, उत्पादन र प्रशोधन १.४०, लघुवित्त ०.३९, म्युअुचल फण्ड ०.७०  निर्जीवन बीमा ०.५७ र अन्य समूह ०.९७ प्रतिशतले घटेका छन् । र व्यापार समूह ०.४१ प्रतिशतले बढेका छ  ।

यस दिन पनि सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको शेयर १५ प्रतिशतले बढेको छ। माउन्ट एभरेष्टको शेयरमूल्य ४.७८ प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा यस दिन एग्रिकल्चरल बण्ड (९ वर्ष) पहिलो स्थानमा रहेको छ। यस दिन ५० करोड ६८ लाख रुपैयाँबराबरको कारोबार भएको छ। त्यस्तै, सोलु हाइड्रोपावरको ३९ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने खानी खोला हाइड्रोपावर कम्पनीको कारोबार रकम २५ करोड रुपैयाँ नाघेको छ।

NECO

Leave Your Comment

Related News