CLI
Global College

मुक्तिनाथमा गाभिने भएपछि सिन्धु विकास र जानकी फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौं । मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स कम्पनी र सिन्धु विकास बैंक प्राप्ति (एक्विजिसन) गर्ने प्रक्रिया अगाडि बढाएसँगै दुवै कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

सोमबार मात्रै मुक्तिनाथ विकास बैंक र यी दुवै संस्थाबीच प्राप्तिका लागि प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको जानकारी बाहिरिएको थियो । सो लगत्तै सोमबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज ,नेप्सेमा जानकी फाइनान्स र सिन्धु विकास बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । सोमबार जानकी फाइनान्सको सेयर मूल्य १४.९९ प्रतिशत र सिन्धु विकासको १५ प्रतिशतले घटेको छ ।

खासगरी, यी दुई संस्थाको वित्तीय सूचक कमजोर भए पनि ‘लो क्याप’ भएका कम्पनी भएकाले सेयर मूल्य भने उचालिएर माथि पुगेको थियो । तर, अब मुक्तिनाथसँग मर्ज हुँदा यी संस्थाको स्वाप रेसियो पनि कम हुने भएकाले सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

नकारात्मक सर्किट लागेपछि सिन्धु विकासको सेयर मूल्य प्रतिकित्ता ४९७ रुपैयाँ ७० पैसा र जानकी फाइनान्सको ३१३ रुपैयाँ ६० पैसा कायम भएको छ । यता, समाचार तयार पार्दासम्म मुक्तिनाथ विकास बैंकको सेयर मूल्यमा पनि ३ प्रतिशतले गिरावट आउँदै ३४६ रुपैयाँ कायम भएको छ ।

Leave Your Comment

Related News